ज्योति लाइफको लाभांश परिमार्जन, बोनस शेयर बढ्यो

९ माघ २०७८, आईतवार ११:१८

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश परिमार्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १०.५२ प्रतिशत लाभांश परिमार्जन गरेको हो ।

कम्पनीले आव २०७६।०७७ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश नियमक निकाय बीमा समितिको निर्देशन बमोजिम परिमार्जन गरेको हो ।

सो परिमार्जन स्वरुप अब कम्पनीले चुक्तापूँजी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

सो प्रतिशत लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*