पिपुल्स पावरको साधारण सभा माघ २१ गते, के के छन् एजेण्डा ?

९ माघ २०७८, आईतवार ११:३९

काठमाडौं । पिपुल्स पावर लिमिटेडले पाँचौ वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे आफ्नै रजिष्टर्ड कार्यालयमा बस्ने गरी आब्हान गरेको हो ।

माघ ७ गते बसेको संचालक समितिको बैठकले कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारि गर्नुका साथै संचालक समिति पूर्ण गर्ने र सो कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

त्यस्तै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत कार्यसूचिमा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*