फरवार्ड माइक्रोफाइनान्सद्धारा नगद लाभांश वितरण

९ माघ २०७८, आईतवार ११:५०

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश आज (माघ ९ गते) बाट वितरण सुरु गरेको हो । कम्पनीले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले बैंक खातामा कर समेतको ७ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो ।

पुस ३० गते सम्पन्न लघुवित्तको नवौं वार्षिक साधारण सभाले कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात मात्र बोनस शेयर वितरण गर्ने र नगद लाभांश भने सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै गर्ने बताएको हो । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*