खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेसँगै पोखरा फाइनान्सको नाफामा उच्च गिरावट

९ माघ २०७८, आईतवार १२:०२

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घट्न पुगेको छ ।

कम्पनीले यस अवधिसम्ममा २ करोड ९६ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन गत आवको तुलनामा ६९ प्रतिशतले कमी हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले ९ करोड ६८ लाख ८६ हजार रुर्पैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

साथै समिक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उच्च गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा २३ प्रतिशतले घटेर १५ करोड ९१ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा १९ करोड ६२ लाख ८२ हजार रुपैयाँ कमाएको थियो ।

त्यस्तै, संचालन मुनाफा पनि ६९ प्रतिशतले घटेर यस अवधिमा ४ करोड २३ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवमा कम्पनीले यस्तो मुनाफा १३ करोड ८४ लाख ८ हजार रुपैयाँ आर्जन गर्न सफल भएको थियो । चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उच्च गिरावट आएसँगै कम्पनीको खुद नाफा ऋणात्मक हुन पुगेको हो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १ अर्ब ४ करोड ९ लाख रुपैयाँ रहेकोमा कम्पनीले जगेडा कोषमा २९ करोड २७ लाख ६७ हजार रुपैयाँ मात्र संचित गर्न सफल भएको छ ।

साथै कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६९ पैसा मात्र रहेकोमा प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ १५ पैसा रहेको छ । साथै तरलता अनुपात २८.९९ प्रतिशत र मूल्य आम्दानी अनुपात १०४ रुपैयाँ १५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*