गोर्खाज फाइनान्सको नाफा घट्यो, इपिएस कति ?

९ माघ २०७८, आईतवार १३:०२

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको । विवरणअनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीले १ करोड ६५ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । जुन गत आवको तुलनामा ७४.८५ प्रतिशतले कमी हो । गत आवको यसै अवधिसम्ममा कम्पनीले ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साथै चालु आवको पुष मसान्तसम्ममा कम्पनीको संचालन नाफा पनि घट्न पुगेको छ । संचालन मुनाफा घटेसँगै कम्पनीको खुद नाफामा गिरावट आएको हो । यस अवधिसम्ममा कम्पनीको संचालन मुनाफा ८७ प्रतिशतले घटेर ३ करोड १५ लाख ५९ हजार रुपैयाँ मात्र आर्जन गरेको छ । गत आवमा कम्पनीले यस्तो मुनाफा २४ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेकोमा कम्पनीको जगेडा कोषमा ७० करोड ४८ लाख रुपैयाँ संचित रहेको छ । साथै कम्पनीको वितरणयोग्य मुनाफा १७ करोडभन्दा बढी ऋणात्मक रहेको छ ।

त्यस्तै, कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४६ पैसा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ १७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*