बेस्ट फाइनान्सको खुद नाफा १४ करोड, अन्य सूचक कस्तो ?

९ माघ २०७८, आईतवार १३:११

काठमाडौं । बेस्ट फाइनान्सले चालु आार्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीको खुद नाफा १४ करोड २ लाख ९ हजार रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनी १५ करोड ७६ लाख ५५ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत सुधार देखिएको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ८ लाख ७ हजार रुपैयाँ र संचालक नाफा १५ करोड ७७ लाख २५ हजाार रुपैयाँ कमाएको छ ।

साथै सोअवधिमा कम्पनीका प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ०६ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*