रिलायबल नेपाल लाइफले माघ ८ गतदेखि कोरोना सम्बन्धी परार्मश कार्यक्रम संचालन गर्ने

९ माघ २०७८, आईतवार १३:२६

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कोरोना भाइरसको सम्बन्धी परार्मश कार्यक्रम गर्ने भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गदैै सामाजिक उत्तरदायित्व अनुरुप माघ ८ गतेदेखि २९ गतेसम्म हरेक शनिबार बेलुकी ८ बजेदेखि ९ बजेसम्म काठमाडौं मेडिकल कलेजका डा. सुभाष पन्तसँग नोबेल कोरोना भाइरसका विषयमा प्रत्यक्ष कुराकानी गर्ने ब्यवस्था गरेको हो ।

आइलाइन जुम आईडि मार्फत हुने उक्त कार्यक्रममा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई महामारी रोग सम्बन्धी सावधानी, जोखिम, संक्रमण नियन्त्रणका उपायहरु सावधानीका उपायहरु, खानपान लगायतका विषयमा प्रत्यक्ष रुपमा सम्पर्क गर्ने सक्नेछन् । गत बर्ष पनि कम्पनीले यस कार्यक्रम संचालन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*