गुडविल फाइनान्सले झण्डै ८ करोड नाफा कमायो, अधिकांश सूचक सकारात्मक

९ माघ २०७८, आईतवार १४:४२

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा उल्लेख्य बृद्धि गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमाससम्ममा ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत आवको तुलनामा ४२ प्रतिशत बढीले खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिसम्ममा कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साथै समिक्षा अवधिसम्ममा कम्पनीले खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि बृद्धि गर्न सफल भएको छ । गत आवमा ८ करोड २० लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले यस अवधिमा १९ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, संचालन मुनाफामा पनि कम्पनीले उत्कृष्ट बृद्धि गरेको छ । गत आवको तुलनामा ४२ प्रतिशत बढीले ११ करोड १५ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ८४ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको थियो ।

कम्पनीको चालु आवमा खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।

तस्तै, समिक्षा अवधिसम्ममा कम्पनीले बोनस शेयर मार्फतm चुक्तापूँजी बृद्धि गरी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ९५ करोड ७४ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

साथै कम्पनीको यस आवमा निक्षेप संकलन ३ प्रतिशतले बढेर १० अर्ब ३८ करोड ५८ लाख संकलन गर्न सफल भएको छ भने कम्पनीले ७ अर्ब ५७ लाख कर्जा प्रवाह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*