नेपाल टेलिकममा झुम्मिए लगानीकर्ता, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

९ माघ २०७८, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से झिनो अंकले घट्न पुगेको छ । पहिल्लो केही दिनयता शेयर बजारमा उतारचढाव देखिएको छ । अघिल्लो सातामा नेप्से परिसूचकमा घटबढ भइरहँदा यस साताको पहिलो दिन भने १० अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६२ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हँुदा आज सर्वाधिक कारोबार हुने कम्पनीका नेपाल टेलिकम रहेको छ । कम्पनीको आज एकैदिन ३२ करोड १४ लाख ५३ हजार ४२८ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपि पावर कम्पनीको १९ करोड १ लाख, एनआइसी एशियाको १७ करोठ ५२ लाख, शिखर इन्स्योरेन्सको १७ करोठ ४७ लाख र ग्लोबल आइएमई बैंकको १६ करोड ९६ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*