३ कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

९ माघ २०७८, आईतवार १५:१५

काठमाडौं । साताको पहिलो दिन नेप्से घटेको छ । आज नेप्से १०.८३ अकंले घट्न पुगेको हो ।

पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर किनबेच हुदाँ ७ अर्ब ३ करोड ५ लाख ८ हजार माथिको कारोबार भएको छ ।

आज नेप्से सामान्य अकंले घटेपनि ३ कम्पनीको शेयरमा भने सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा विन नेपाल लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर र मैलुङ खोला जलविद्युतको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, ग्लोबल आइएमई बैकको ६.७४ प्रतिशत, ज्याति लाइफ इन्स्योरेन्सको ६.६९ प्रतिशत, सानिमा लाइफ इन्स्योेरेन्सको ६.४५ प्रतिशत, लाइफ इन्स्योरेन्सको ५.६८ प्रतिशत र रिलायबल लाइफ इन्स्योरेन्सको ४.२५ प्रतिशतले बढेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*