नेप्सेमा गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

९ माघ २०७८, आईतवार १५:२१

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्सेपरिसूचक १०.८३ अंकले घट्न पुगेको छ ।

आइतबार नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा सामान्य गिरावट आएतापनि केही कम्पनीहरुको शेयर उच्च अंकले घट्न पुगेको छ । सर्वाधिक गुमाउने कम्पनीमा सामलिङ पावर रहेको छ । कम्पनीको आज ६.६९ प्रतिशत अर्थात ४९ रुपैयाँले शेयर घटेको हो ।

त्यस्तै, गोर्खाज फाइनान्सको ५.५२ प्रतिशत, वेष्ट फाइनान्सको ४.२६ प्रतिशत, प्रभु बैंकको ४.११ प्रतिशत र सांग्रिला बैंक डिबेञ्चरको ३.८९ प्रतिशतले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*