एशियन लाइफको बाल भविष्य प्लस सावधिक जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधाहरु

९ माघ २०७८, आईतवार १५:४८

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ , संचालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग,सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको हो । बीमा समितिले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७८ अन्तर्गतको प्रावधानलाई समेट्दै एशियन लाईफले नयाँ जीवन बीमा योजना ल्याएको हो ।

यस जीवन बीमा योजनामा बच्चा जन्मेदेखि १७ वर्ष उमेर सम्मको बालबालबालिको ५ देखि २५ वर्ष अवधिसम्मको लागी बीमा गर्न सकिन्छ । यसको न्यूनत्तम बीमाङ्क रु.५० हजारदेखि अधिकतम बीमाङ्क प्रस्तावकको आर्थिक अवस्थाको आधारमा निर्धारण गर्न सकिने सुविधा रहेको छ ।

बीमा अवधिभर बीमित जीवतै रहेमा बीमा अवधिको समाप्तीमा बीमाङ्क र बोनश रकम एकमुष्ठ भुक्तानी गरिनेछ । जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिईनेछ । त्यसैगरी जोखिम प्रारम्भ हुनु अगावै प्रस्तावकको मृत्यु भएमा र बीमितको कानूनी संरक्षकले बीमालेख रद्द गर्न लिखित अनुरोध गरेमा बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिनेछ ।

जोखिम प्रारम्भ भएपछि बीमा अवधीभित्र बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्कको २५ (पच्चीस) प्रतिशत रकम तत्काल भुक्तानी गरिनेछ । बीमाङ्कको ७५(पचहत्तर) प्रतिशत रकम व्याज सहित र मृत्यु हुँदा सम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइनेछ ।

यस बीमा योजनामा अतिरिक्त बीमाशुल्कवापत बीमाशुल्क छुट सुविधा, मासिक आय सुविधा र अग्रिम जोखिम बहन सुविधा० सुविधा समेत रोज्न सकिनेछ । अग्रिम जोखिम बहन सुविधा अन्तर्गत ४ वर्ष भन्दा मुनिका बालबालिकाको जोखिम बहन, बीमा प्रारम्भ मितिले न्यूनतम २ वर्ष पश्चात शुरु गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*