कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफा घट्यो, अन्य सूचक कस्तो ?

१० माघ २०७८, सोमबार ०६:१३

कर्पोरेट डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म बैंकले ३० लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७५.७८ प्रतिशतले कम हो। गत वर्ष पनि यही अवधिसम्म बैंकले १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४० लाख ८३ हजार रुपैयाँ रहेको छ। गत वर्ष पनि यही अवधिसम्म बैंकले ४१ लाख ७७ हजार सञ्चालन मुनाफा गरेको थियो।
दोस्रो त्रैमाससम्म बैंकले १ करोड ९० लाख खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ करोड ३२ लाख रुपैयाँ रहेको थियो।
यो अवधिसम्म बैंकले ६२ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६५ करोड ६२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*