दोस्रो त्रैमासमा ज्योति विकास बैंकको खुद नाफा ३४ करोड माथि

९ माघ २०७८, आईतवार १८:१८

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्ममा बैंकले ३४ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १२।५७५ ले धेरै हो । गत वर्ष बैंकले ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा १० करोड रुपैयाँ रहेको छ ।

दोस्रो त्रैमाससम्मा बैंकको खुद ब्याज आम्दानी ४१।७३५ र सञ्चालन नाफा १२।३५५ ले बढेको छ । ज्योतिको खराब कर्जा बढेर १।४७५ भएको छ । गत वर्ष खराब कर्जा ०।६८५ मा रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३७ पैसा घटेर १६ रुपैयाँ १२ पैसा ९बार्षिक० कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*