एनआईसी एशिया बैंकको लाभांश रद्द, नेपाल राष्ट्र बैंकले किन दिएन स्वीकृति ?

१० माघ २०७८, सोमबार १०:५९

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडका शेयरधनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नपाउने भएका छन् ।

बैंकको गत कात्तिक ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको चुुक्तापूँजीको १५.७८९४७ प्रतिशत लाभांश नियमक निकाय राष्ट्र बैंकले अस्वीकृत गरेको हो ।

बैंकले कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७८९४७ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकले ‘कन्जर्भेसन बुफर’ पर्याप्त नदेखिएको भन्दै माघ ९ गते अस्वीकृत गरेको हो ।

सो अनुसार राष्ट्र बैंकबाट स्वीकृत भई बैंकले आगामी साधारण सभाबाट पारित गर्ने भनिएको सो प्रतिशत लाभांश रद्द गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*