शेयर बजार खुलेको केही समयमा नै बुद्धभूमि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

१० माघ २०७८, सोमबार ११:४७

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार खुलेको केही समयमा नै बुद्धभूमि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २०७ कम्पनीमध्ये बुद्धभूमिको उच्च खरिद माग रहेकाले कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयर १० प्रतिशत अर्थात् ३४ रुपैयाँ ८० पैसाले बृद्धि भएर शेयरमूल्य ३८२ रुपैयाँ ९० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*