शेयरधनीलाई पुरानो लाभांश लिन मेगा बैंकको आग्रह

१० माघ २०७८, सोमबार १२:१७

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।

बैंकले मर्जरमा जानुभन्दा अघिको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश हालसम्म पनि नलिएकोले मेगा बैंकले आफ्ना शेयरधनीहरलाई बुझिलिन आग्रह गरेको हो ।

उक्त शेयरधनीहरुले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार मेगा क्याटिलमा सम्पर्क गरी लाभांश लिन सक्नेछन् । साथै सोही अवधिभित्र उक्त लाभांश बुझिनलिएमा पाँच वर्ष पुरा भई लिन बाँकी रहेको रकम लगानी संरक्षण कोष्मा जम्मा हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*