विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, कति पुग्यो शेयरमूल्य ?

१० माघ २०७८, सोमबार १२:२४

काठमाडौं । सातो दोस्रो दिन सोमबार शेयर बजार खुलेको करिक सवा १ घण्टामा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दा सम्म शेयर बजारमा ७४ अंकको गिरावट आएतापनि सो कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत अर्थात ९१ रुपैइाँ ४० पैसाले बृद्धि भई शेयरमूल्य १००५ रुपैयाँ ५० पैसा पुगेको छ ।

नेप्सेमा सो कम्पनीको १ लाख १९ हजार कित्ता बढी शेयर खरिद माग रहेकाले कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । अघिल्लो दिन पनि सो कम्पनीको शेयरमा सर्किट लागेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*