आज एकै दिन १०० अंकले घट्यो मूल्यपरिसूचक, कारोबार भने उत्साहजनक

१० माघ २०७८, सोमबार १५:०९

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से आज उच्च अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै पहिरो जान थालेको नेप्सेमा कारोबार भने आठ अर्बभन्दा माथि छ ।

साताको दोस्रो दिन नेप्से १००.१० अंकले घट्दा समग्र मूल्य परिसूचक २८२०.४१ बिन्दुमा झरेको छ । कारोबार बन्द हुनु केही अघि २८०४ अंकमा झरेको नेप्से बन्द हुनु केही मिनेट पहिले १६ अंकले बढेर आजको लागि बिट मारेको थियो ।

सोमबार कूल आठ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँको शेयर कारोबार भएको छ । कूल एक करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर खरिद बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*