अपि पावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१० माघ २०७८, सोमबार १५:११

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो दिन आइतबार सामान्य अंकले घटेको नेप्से आज १०० अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा १०० अंकको पहिरो गएतापनि कारोबार भने सामान्य नै रहेको छ । ८ अर्ब माथिको कारोबार हुँदा आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज सर्वाधिक ३८ करोड ३४ लाख २४ हजार १५२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया बैंकको पनि ३६ करोड ७३ लाख भन्दा माथिको कारोबार भएको छ । कम्पनीको लाभांश रद्द भएसँगै शेयरधनीहरुले आफुसँगै भएको शेयर बिक्री गरेकाले एकैदिन ३६ करोडमाथिको कारोबार भएको हो ।

त्यस्तै, तेस्रो सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावरको ३० करोड ४९ लाख, चौथोमा अपर तामाकोशीको २० करोड २६ लाख र एनटिसिको १९ करोड ४२ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*