यी हुन् आइपीओ जारी गर्न अनुमति पाएका ६ कम्पनी, कुनको कति कित्ता आउँदै ?

१० माघ २०७८, सोमबार १५:१२

काठमाडौं । पाँच महिनापछि नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्ड अध्यक्ष विहिन रह्दा आइपीओ, हकप्रद र ऋणपहरु पाइपलाइनमा रहेको थियो । बोर्डको संचालक समितिको बैठकले स्वीकृती गर्ने प्रावधान भएसँगै पाइपलाईनमा रहेको आइपीओहरुले स्वीकृत पाएको छ ।

सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना असोज १९ गते बर्खास्त भएका थिए । भदौ १६ गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो । छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए । त्यसैबेलादेखि आईपीओहरू पनि रोकिएको थियो ।

यसअघि साउन १४ गते बोर्डले ३ वटा कम्पनीहरूलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो । यसबीचमा आईपीओहरू रोकिए पनि हकप्रद सेयर धने निष्कासन गर्न अनुमति दिइएको थियो ।लामो समयदेखि आईपीओ रोक्का हुँदा कम्पनीहरूको पुँजी वृद्धि रोकिएको भन्दै लगानीकर्ता, निजी क्षेत्र एवमं अन्य सम्बन्धित निकायहरूले बोर्डलाई आईपीओ निष्कासन गर्न अनुमति दिन दबाब दिँदै आईरहेका थिए ।
बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेन्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो समृद्धि लघुवित्तलाई ८ लाख २८ हजार ७५० कित्ता, जाल्पा सामुदायिक लघुवित्तलाई ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई, ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाललाई ५ लाख ५५ हजार ६०० कित्ता सेयर आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

जसमा बलेफी हाइड्रोपावरको आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल, ग्रिन भेन्चरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट, नेष्डो समृद्धिको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, जाल्पा सामुदायिक लघुवित्तको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल र इमर्जिङ नेपालको आइपीओमा बिक्री प्रबन्धकको रुपमा एनआइसी एसिया क्यापिटल चयन भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*