एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१० माघ २०७८, सोमबार १६:४३

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । सभा प्रयोजनको लागि कम्पनीलेमाघ १२ गते बुक क्लोज गरेसँगै माघ ११ गते मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी माघ २१ गते साधारण सभा आयोजना गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*