एशियन लाइफको बुक क्लोज भोलि, आजसम्म शेयर किन्नेले २५ प्रतिशत बोनस पाउने

११ माघ २०७८, मंगलवार ०८:५२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ औं बार्षिक साधारणसभाको लागि बुक क्लोज भोलि हुँदैछ । आजसम्म शेयर किन्ने लगानीकर्ताहरुले एशियन लाइफको २५ प्रतिशत बोनस शेयर र बार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।

लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि १२ गतेदेखि माघ २१ गतेसम्म बुक क्लोज गर्दैछ । आज अपरान्ह ३ बजेसम्म शेयर खरिद गर्ने शेयरधनीले २७ प्रतिशत लाभांश २५ प्रतिशत बोनस र २ प्रतिशत नगद कर प्रयोजनको लागि प्राप्त गर्नेछन् ।

कम्पनीको १३ औं साधारण सभा माघ २१ गते शुक्रबार आह्वान गरेको छ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको वीरगंज महानगरको होटल लर्ड्स प्लाजामा संचालन हुनेछ ।

साधारण सभामा हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९० हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित हुँदैछ । सो प्रस्ताव पारित भएपछि कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब ५१ करोड हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*