अर्थशास्त्रका ज्ञाता र कुशल चार्टर्ड एकाउन्टेन्ट पोखरेलले सम्हाले रिलायन्स लाइफ इन्स्योरेन्सको बागडोर

१३ माघ २०७८, बिहीबार १६:२९

काठमाडौं । अर्थशास्त्रका ज्ञाता तथा कुशल चार्टर्ड एकाउन्टेन्ट राकेश पोखरेलले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बागडोर आजबाट सम्हालेका छन् । बीमा समितिबाट सिईओ पदमा नियुक्तीका लागि स्वीकृत प्राप्त भएपछि कम्पनी सञ्चालक समितिले पोखरेललाई सिईओमा नियुक्ती गर्ने निर्णय गरेपछि उनले आजै शपथ लिई पदभार सम्हालेका छन् ।

पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण पोखरेलले उतिबेला शोधपत्रमा मानव संशाधन सम्बन्धी विस्तृत अध्ययन गरेका थिए । एकातिर चार्टर्ड एकाउन्टेन्ट अर्कोतर्फ अर्थशास्त्रको ज्ञान, मानव संशाधनका विषयमा गहिरो अध्ययन गरेका पोखरेलको बीमा क्षेत्रमा यो पहिलो यात्रा भने होइन । यसअघि उनले प्राईम लाइफ, सूर्या लाइफ र प्रभु लाइफमा काम गरेर अनुभव समेत सम्हालिसकेका छन् ।

कम्पनीले उनलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको पोखरेलले अर्थशास्त्रको ज्ञान र लेखासम्बन्धी प्राविधिक शिप र यसअघिको बीमा कम्पनीहरुमा काम गर्दाको अनुभवलाई रिलायन्स लाइफमा प्रयोग गर्नेछन् । बीमापोष्टसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘जीवन बीमा व्यवसायको दीगो विकास, जीवन बीमालाई आम सर्वसाधारणको पहुँचमा पुर्याउन, र बीमितलाई धेरै लाभ दिन तथा शेयरधनीहरुलाई समुचित लाभांश दिन आवश्यक भूमिका निर्वाह गर्नेछु ।’ नव नियुक्त सिईओ पोखरेलले बीमालाई प्रविधिमैत्री बनाएर आम जनताले सर्वसुलभ रुपमा बीमा सेवा पाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

करिब एक दशक बीमा क्षेत्रमा विताएका पोखरेलले रिलायन्स लाइफलाई बीमितको थप विश्वास जितेर व्यवसाय बृद्धि गरी बीमाको पहुँच थप विस्तार गर्ने चुनौतिको सामना गर्नुपर्नेछ । बीमा क्षेत्रले बढ्दो जनशक्ति अभावको सामना गरिरहेको चुनौतिबाट रिलायन्स लाइफलाई जोगाउने, लगानीको दायरा फराकिलो बनाउँदै, संख्यात्मक भन्दा गुणात्मक बीमाको व्यवसायमार्फत बीमित, बीमा अभिकर्ता, कम्पनीका कर्मचारी तथा शेयरधनीहरुलाई बढि भन्दा बढि प्रतिफल दिन सफल हुने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*