ज्योति लाइफ इन्स्योरेन्सको चौथो साधारण सभा फागुन ६ गते, यस्ता छन् एजेण्डा

१३ माघ २०७८, बिहीबार १६:३६

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ११ गते शुक्रबार वाटरफ्रन्ट रिर्सोट, लेकसाइड, पोखरामा बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट प्रस्ताव गरेको कायम चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत लाभांश पारित गर्नेछ । साथै सोही सभाले बोनस शेयर जारी पश्चात बृद्धि हुने चुक्तापूँजी २ अर्ब ४२ करोड रुपैयाँको संशोधन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष ०७६।०७७ मा कम्पनीले कोभिड–१९ पीडितको उपचारको लागि सहयोग स्वरुप नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐनबमोजिम अनुमोदन गर्नेछ ।

सोही सभाले आर्थिक वर्ष २०७६।०७७ को लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह र वित्तीय विवरण सम्बन्धि अनूसुचिहरु तथा एनएचआरएस प्रणाली लागू गरि तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना र एकजना स्वतन्त्र संचालक गरी ७ जनाको नयाँ संचालक समिति गठन गर्ने र आव २०७७।०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने उक्त सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि शेयर दाखिला खारेज (बुकक्लोज) माघ २४ गते एक दिनको लागि तोेकेको छ । जसअनुसार माघ २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न मान्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*