सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

१४ माघ २०७८, शुक्रबार १३:३५

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले १० लाख रुपैयाँ बराबरको घातक रोग विरुद्धको दावी भुक्तानी गरेको हो ।

इस्मा गाउँपालिका वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई कम्पनीले सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । खत्रीले १० लाख रुपैयाँ बीमाङ्कको बीमालेख लिएको १ बर्ष बिते लगत्तै मृगौला फेल भएको र कम्पनीले १८ घातक रोगहरु को रक्षावरण हुने गरी घातक रोग सुविधा प्रदान गर्ने गरेकोमा निज खत्रीले बीमाशूल्क रकममा थप १ हजार ६९० रुपैयाँ भुक्तान गरी घातक रोग सुविधा लिएकोले कम्पनीले घातक रोग बापतको बीमाङ्क रकम १० लाख रुपैयाँ खत्रीलाई हस्तान्तरण गरेको हो ।

उक्त दावी पश्चात पनि खत्रीको पोलिसीमा घातक रोग बाहेकको सम्पूर्ण सुविधा यथावत रहि नरन्तर रहने कम्पनीले जनाएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल, दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा बीमित मधु खत्रीलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

घातक रोग विरुद्धको यस सुविधा बापत प्राप्त उक्त रकमले खत्रीको उपचारमा सहयोग पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको प्रमुख कार्यकारी अधिकृत खड्काले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*