नेपाल लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ८२ रुपैयाँ बोनस पाउने

१६ माघ २०७८, आईतवार ०८:५१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट यही माघ १३ गते स्वीकृत पाएको नयाँ बोनसदर आज सार्वजनिक गरेको हो । कम्पनीले आव २०७६।७७ को वित्तिय विवरणको आधारमा नयाँ तयार पारेको नयाँ बोनसदर न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ८२ रुपैयाँ बोनसदर प्रति वर्ष प्रति हजार पाउने उल्लेख छ । नेपाल लाईफका सर्वाधिक बीमितले ६० रुपैयाँ बोनस पाउने कम्पनीले आज प्रकाशन गरेको सूचनामा जनाइएको छ ।

नेपाल लाइफको नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा अन्तर्गतको सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी बीमा योजनाहरुको न्यूनतम २० वर्षसम्मका पोलिसीहरुले ६० रुपैयाँ प्रति वर्ष प्रतिहजार, २१ देखि २५ वर्षका बीमा पोलिसीहरुले ७० रुपैयाँ र २६ वर्ष सो भन्दा बढि अवधीमा बीमा पोलिसीहरुले ८२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस पाउनेछन् ।

त्यस्तै, सावधिक तथा आजिवन अन्तर्गतको जीवन साहारा बीमा पोलिसी पनि २० वर्ष अवधीसम्मकाले ६० रुपैयाँ, २५ वर्ष अवधीसम्मकाले ७० रुपैयाँ र २६ वर्षभन्दा बढि अवधीका बीमा पोलिसीहरुले ८२ रुपैयाँ प्रति वर्ष प्रतिहजार बोनस पाउनेछन् ।

त्यस्तै, अग्रिम भुक्तानी नामक जीवन समृद्धि बीमा योजनाले न्यूनतम ५६ रुपैयाँ १५ वर्षे अवधीका लागि र ५८ रुपैयाँ २० वर्षे अवधीका लागि बोनस पाउनेछन् ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक अन्तर्गतका धनवर्षा, नौलो जीवन समृद्धि, नौलो धनवर्षा जीवन उन्नती, जीवन शान्ति र छोराछोरी तथा सदाबहार बीमा पोििलसीमा सबै वर्ष समुहका बीमा पोलिसीहरुका लागि ६० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस निर्धारण गरिएको छ ।

नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको बोनसदर केही घटेको छ । बीमा समितिले अनिवार्य गरेको फ्युचर बोनसका लागि २० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाको कारण बोनसदर केही घटेको हो । समितिले १०० प्रतिशत फ्युचर बोनसका लागि प्रोभिजन गर्ने लक्ष्य लिएर प्रत्येक वर्ष २० प्रतिशतका दरले प्रोभिजन गर्दै जाने जनाएको छ । फ्युचर बोनसका कारण अहिले बोनसदरमा केही घटेको जस्तो देखिए पनि भविष्यमा बीमितले झनै धेरै लाभ पाउने हुँदा यसले दीगो बीमा व्यवसायको प्रतिनिधित्व गर्दछ ।

2 thoughts on “नेपाल लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ८२ रुपैयाँ बोनस पाउने

  1. Durga giri says:

    Bonus ghatnu hudaina.

  2. Chandra Bhushan Duwe says:

    अरु बीमा कम्पनीले दिन प्रतिदिन बोनस दर बढाउँदै गएछ नेपाल लाईफले घटाउँदै गएछ यस्तै हो भने नेपालको नं १बीमा कम्पनीबाट सब भन्दा तलको बीमा कम्पनी बन्ने निश्चित छ।आफ्नो निजी स्वार्थ को लागि बोनसदर घटाउनु दुखद कुरा हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*