बीमा समितिद्धारा प्राईम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना

१६ माघ २०७८, आईतवार १५:३४

काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ।समितिले कम्पनीलाई संस्थागत सुशासन निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेको कारण कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जनाएको छ ।

समितिबाट प्राइम लाइफ इन्स्योरेन्स कं. लि. को स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई १० हजार रुपैया जरिवाना गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*