दोस्रो त्रैमासमा थप अब्बल बन्दै ज्योति लाइफ, जीवन बीमा कोषमा पाँच अर्बभन्दा बढि संचिती

१७ माघ २०७८, सोमबार १२:४८

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरणमा ज्योति लाइफको बीमा व्यवसाय थप बलियो बनेको देखिएको छ ।

कम्पनीले गत आवको समीक्षा अवधीको तुलनामा जीवन बीमा कोष ७६.३० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले दोस्रो त्रैमाससम्ममा कूल पाँच अर्ब १४ करोड ४४ लाख ७६ हजार ३७७ रुपैयाँ जीवन बीमा कोषमा संचिती गर्न सफल भएको छ । नयाँ जीवन बीमा कम्पनीहरु मध्ये ज्योति लाइफले निकै राम्रो जीवन बीमा कोष खडा गर्न सफल भएको हो ।

त्यस्तै, जगेडा कोषमा ९२ करोड ९० तथा महाविपत्ति कोषमा आठ करोड २२ लाख सहित कूल कोषको आकार पाँच अर्ब ९५ करोड ५७ लाख ६३ हजार ९११ रुपैयाँ जम्मा गरेको छ । गत आवको तुलनामा कम्पनीको समग्र कोषको आकार ७२ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले खुद बीमा शुल्क आम्दानी १८ प्रतिशतले बृद्धि भएको छ । गत आवको पुस महिनासम्ममा जम्मा एक अर्ब ३९ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको पुस महिनासम्ममा एक अबए ६४ करोड ३९ लाख १७ हजार ८८२ रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीको खुद दावी भुक्तानी भने ५२१ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको लगानी, कर्जा, बीमापोलसी धितोमा प्राप्त ब्याज समेतको रकम ६९ प्रतिशतले बृद्धि भएको छ । सो कम्पनीले गत आवमा २० करोड ७५ लाख रुपैयाँ त्यस्तो आम्दानी गरेकोमा चालु आवको दोस्रो त्रैमाससम्ममा ३५ करोड १३ लाख ४२ हजार १८९ रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च बढेको छ । गत आवमा १८ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले यस आवमा २२.५९ प्रतिशतले बृद्धि भई २३ करोड १७ लाख ६७ हजार १७१ रुपैयाँ पुगेको छ ।

कम्पनीले अभिकर्ताले दिने कमिशन जम्मा नौ प्रतिशतले मात्रै बृद्धि भएको छ । खुद बीमा शुल्कको तुलनामा अभिकर्ता कमिशन बृद्धि भएको छैन । कम्पनीको खुद नाफा २४.२३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १० करोड रुपैयाँ खुद नाफा कमाएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पुस मसान्तसम्ममा १३ करोड ४० लाख सात हजार ७४८ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनको क्रममा खुद नाफा घटबढ हुनसक्नेछ । कम्पनीको हालसम्म कायम बीमा पोलिसी संख्या १७ प्रतिशतले बृद्धि भई ८७ हजार १६० वटा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*