दोस्रो त्रैमासमा अजोड इन्स्योरेन्सको व्यवसाय मुनाफा दुवै बढ्यो, अन्य सूचांक कस्तो ?

१८ माघ २०७८, मंगलवार १२:०७

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा र बीमा व्यवसाय दुवै बढेको देखिएको छ ।

चालु आवको छ महिनामा अजोड इन्स्योरेन्स कम्पनीले खूद नाफा १३.९१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको खुद नाफा चार करोड छ लाख ८३ हजारबाट बृद्धि भई चार करोड ६३ लाख ४० हजार पुगेको छ ।

समीक्षा अवधीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी १६.०९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवको छ महिनामा ६८ करोड २३ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको समीक्षा अवधीमा ७९ करोड २१ लाख रुपैयाँ त्यस्तो आम्दानी गर्न सफल भएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी समेत ९.१४ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च १२ करोड रुपैयाँ छ । गत आवमा कम्पनीको व्यवस्थापन खर्च १० करोड थियो । त्यसैगरी, लगानी, कर्जा तथा अन्य आय १२.६३ प्रतिशतले बृद्धि भएको छ ।

अजोड इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ९.२६ रुपैयाँ, पिई अनुापत ८०.४५, प्रतिशेयर नेटवर्थ १२६.४० रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २२४.९७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*