सानिमा लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

१९ माघ २०७८, बुधबार १२:४६

काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीका बीमितको निधनपछि कम्पनीले आश्रित परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।कम्पनीको टिकापुर शाखाले मोटर साइकल दुर्घटनामा परी मृत्यु भएका स्वर्गीय बीमित सर्पलाल बूढाकी श्रीमती उमालाई २० लाख ७५ हजार रकम मृत्यु दावी वापत भुक्तानी गरेको हो ।

निज मृतक बुढाले २ वर्ष पहिले १० लाख रुपैयाँको जीवन बीमा गराएका थिए। लम्की चुहा नगरपालिकाको मेयर महादेव बजगाईले सो चेक हस्तान्तरण गर्दै जीवन बीमा, स्वास्थ्य बीमा अति आवश्वक भएको बताएका थिए ।

उक्त कार्यक्रममा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी, बजार अधिकृत तुलीराम चौधरी र एजेन्सी मेनेजर बिष्णा जोशी लगायत स्थानीयको उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*