एलआईसी नेपाल र जानकी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२३ माघ २०७८, आईतवार ०९:५५

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेका छन् ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको २५औँ वार्षिक साधारण सभा फागुन ७ गते, होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, , लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको वार्षिक साधारण सभा फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*