सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचक कस्तो ?

२३ माघ २०७८, आईतवार ०९:५९

काठमाडौं ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१७ प्रतिशतले मुनाफा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क भने वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब २८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ३ हजार ३९२ दाबीबापत ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९६ दाबीबापत १ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १८ रुपैयाँ ६८ पैसाबाट घटेर १२ रुपैयाँ २९ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६३.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५३ पैसा रहेको छ।कम्पनीको चुक्ता पूँजी १८.३३ प्रतिशत बढेको छ भने जगेडा कोष ४.३२ प्रतिशत घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*