नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

२३ माघ २०७८, आईतवार ११:५४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को संचित मुनाफाबाट कायम चुक्तापूँजी ७ अर्ब १९ करोड रुपैयाँको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४. ७३६८ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय बीमा समितिबाट स्वीकृति प्राप्त पाएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*