ज्योति लाइफ इन्स्योरेन्सको १०.५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

२३ माघ २०७८, आईतवार १२:१७

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २४ गते सोमबार बुकक्लोज गर्नेभएसँगै आज (माघ २३) गते सम्म कायम शेयरधनीहरुे मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ५.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी फागुन ६ गते हुने वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

One thought on “ज्योति लाइफ इन्स्योरेन्सको १०.५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

  1. Bhuwan Kattel says:

    Dherai raamro lagyo

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*