एशियन लाइफले खडा गर्यो २९ अर्बको जीवन बीमा कोष, बीमा शुल्क आम्दानी ८%ले बढ्यो

२९ माघ २०७८, शनिबार २१:०५

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १८.८८ प्रतिशतले बृद्धि भई २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार १२० रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष ३३ प्रतिशतले बृद्धि भई ९६ करोड ३२ लाख रुपैयाँ ७४ हजार २८३ रुपैयाँ पुगेको छ । कम्पनीको समग्र कोषको अवस्था १९ प्रतिशतले बृद्धि भई ३० अर्ब ४६ करोड १९ लाख २७ हजार ६९ रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ८ प्रतिशतले बृद्धि भएको । गत आवमा यस्तो आम्दानीमा तीन अर्ब १३ करोड ६२ लाख ७५ हजार ३६५ रुपैयाँ आम्दानी गरेकामा चालु आवमा तीन अर्ब ३९ करोड ३९ लाख ६९ हजार ४७५ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क ७९.६९ रुपैयाँले बढेको छ । कम्पनीले गत आवमा ४२ करोड ७६ लाख खुद बीमा शुल्क आम्दानी गरेकामा चालु आवको समीक्षा अवधीमा ७६ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क भुक्तानी गरेको छ ।

कम्पनीको लगानी, बीमालेख धितो, लगानीबाट प्राप्त आम्दानी ४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा एक अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवमा एक अर्ब २८ करोड ५४ लाख ५७ हजार १० रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीकाके व्यवस्थापन खर्च ७.०३ प्रतिशतले बृद्धि भई २७ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीले वितरण गर्ने अभिकर्ता कमिशन ४३ करोड ३२ लाख ९५ हजार ३८७ रुपैयाँ छ । यो रकम गत आवको तुलनामा १२ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको खुद नाफा १८.०७ प्रतिशतले घटेको छ । गत आवमा १७ करोड मुनाफा गरेकामा चालु आवमा १४ करोड ४२ लाख ३६ हजार ९७३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि बीमाङ्कीय मूल्याङ्कनको क्रममा मुनाफा घटबढ हुनसक्नेछ ।

कम्पनीमा हालसम्म कायम बीमा पोलिसी संख्या ११ प्रतिशतले बृद्धि भई तीन लाख ४५ हजार १८९ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४.३५ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १५३.८१ रुपैयाँ छ । कम्पनीको पिई अनुपात ९०.५४ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी १६८८.२९ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*