बीमा सम्बन्धी परामर्श दिन इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना

काठमाडौं । नेपालमा पहिलो पटक बीमा सम्बन्धी आवश्यक सबै परामर्शहरु एकै थलोमा दिने उद्देश्यले इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना गरिएको छ । बीमितहरुलाई बीमा दावी भुक्तानी सम्बन्धी आवश्यक परामर्श दिने, बीमितहरुमा भएका समस्यालाई निराकरण गर्न बीमा कन्सल्टेन्सी नेपालको स्थापना गरिएको सञ्चालक बिके श्रेष्ठले बताए ।
बीमा क्षेत्रमा एक दशक अनुभव बटुलेका लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका पूर्व डिसिईओ एवं चार्टर्ड कन्सल्टेन्सीका कन्सलटेन्ट बिके श्रेष्ठ र सोही कन्सल्टेन्सीकी मार्केटिङ म्यानेजर सजनी बडालले बीमामा विश्वास दिलाउन र बीमा सम्बन्धी आवश्यक सबै खाले परामर्श एउटै ठाउँबाट दिनको लागि बीमा कन्सल्टेन्सी नेपालको स्थापना गरिएको जानकारी दिए ।
कन्सल्टेन्सीमा बीमा क्षेत्रमा लामो अनुभव बोकेको व्यक्तिहरु पनि आवद्ध छन् । बीमा क्षेत्रमा नै एक दशक अनुभव बटुलेका व्यक्तिहरुको सहकार्यमा उक्त कन्सल्टेन्सीको स्थापना भएको सञ्चालक श्रेष्ठले बताए ।
त्यस्तै, बीमा सम्बन्धी तालिम, नयाँ कम्पनीको दर्ता, अडिटको कामको लागि परामर्श दिने काम पनि कन्सल्टेन्सीमा हुन्छ । वर्तमान समयलाई मध्यनजर गर्दै देशमा वीमा सम्बन्धि दक्षता र जनचेतना समयको माग अनुसार अपर्याप्त र न्यून रहेको विषयलाई ध्यानमा राखि सवै प्रकारका वीमा सम्बन्धि जनचेतना, कर्मचारी दक्षता प्रवद्र्धन र दक्ष कर्मचारी आपूर्तिको काम समेत गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले सम्पूर्ण बीमा सम्बन्धी परामर्श एकै थलोबाट दिएर बीमा उद्योगलाई टेवा पुग्ने गरि दक्ष जनशक्तीको उपस्थितिमा व्यक्तिगत तथा स्वतन्त्र बीमा सम्बन्धि परामर्श उपलब्ध गराउने उद्देश्यले यस इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना गरिएको कम्पनीले जनाएको छ ।
कन्सल्टेन्सिले बीमितलाई परामर्श र फसिलिटेट, बीमकलाई नयाँ बीमालेख, सफÞ्टवेयर, दक्ष जनशक्तिका साथै आवश्यकतानुसार परामर्श र बीमा उधोगमा जागिर खान चाहनेहरूका लागी जागिरको अवसर लगायतका बीमा परामर्श सेवा उपलब्ध गराउने हेतुले स्थापना गरिएको जनाएको छ ।
बीमा सम्बन्धी परामर्श एवं बीमा सम्बन्धी अन्य समस्याहरुको निराकरणको लागि कम्पनीको स्थापना गरिएको कम्पनीका कन्सलटेन्स बिके श्रेष्ठले बताए ।
श्रेष्ठले भने अन्डरराईटिङको समस्याको कारण कैयौ बीमितहरुले न्याय पाउन सकेको छैनन् । कन्सल्टेन्सीले उनीहरुलाई परामर्शदाताको रुपमा सहयोग गर्दछ ।
हाल कन्सल्टेन्समा अग्नी बीमा र अन्य दाबीमा आएको समस्याको परामर्श भइरहेको कन्सल्टेन्सीका मार्केटिङ म्यानेजर सजनी बडालले बताईन् ।
बीमा दाबी नपाएका र त्यसको प्रकृयाबारे नजानेकालाई कम्पनी तथा बीमा समितिसमक्ष समेत पुग्ने काम कन्सल्टेन्सीले गर्ने बडालले बताईन् । बीमा गर्न इच्छुक भएका तर कुन बीमा योजना खरिद गर्ने, कुन कम्पनीमा गर्ने अथवा कति रकमको गर्ने भन्ने अन्योलमा रहेका व्यक्तिलाई यस कन्सल्टेन्सीले सहयोग गर्ने छ ।कम्पनीले दाबी भुक्तानीको प्रक्रिया समेत कम्पनी र बीमितका बीचमा रहेर काम गर्ने छ ।
बीमा बजारमा देखिएको समस्याको निराकरण गर्ने हेतुले स्थापना गरिएको कम्पनीले आगामी दिनमा बजारको अवस्थालाई हेर्दै सेवा सुविधाहरु थप गर्दै लैजाने श्रेष्ठले बताए । कम्पनीले चाडौ नै उपत्यका बाहिर विरगज, वुटवल, विराटनगर र दाङमा कन्सल्टेन्सी संचालनमा ल्याउने तयारी भईरहेको छ ।














बधाइ छ, परामर्श सेवा सञ्चालन गर्ने भएको मा।
यस्तो प्रकारको सेवाले ग्राहकहरु लाभान्वित हुने विश्वास गर्छु।सञ्चालकले आफनो नाम पूरा नभन्नु काे कारण थाहा भएन।
बधाई छ।
राम्रो कामको थालनी भएको मा।