घरको सिंढीमा लडेर हेड इन्जुरी भएका बहादुर सिंह कार्कीले बुझे गुराँस लाइफबाट १० लाख दावी भुक्तानी

८ चैत्र २०७८, मंगलवार १४:५१

काठमाडौं । डडेल्धुराका बहादुर सिंह कार्कीले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट १० लाख रुपैयाँ घातक बीमा बापतको दावी भुक्तानी बुझेका छन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा घातक रोगको उपचार बापतको खर्च सुविधा समेत पाउने गरी जीवन बीमा गरेका कार्की केही समय पहिले आफ्नै घरको सिंढीमा लडेर घाइते भए ।

सिढीँमा सामान्य लडेका कार्कीलाई तत्कालै अस्पताल पुर्याइयो । अस्पतालमा उपचारको क्रममा मेजर हेड इन्जुरी भएको तथ्य पत्ता लाग्यो । टाउकोमा गम्भिर चोट हुने वित्तिकै उपचार खर्चको गणना लाखमा हुने हाम्रो नेपालमा धन्न उनले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गरेका थिए र सामान्य रुपमा लडेर लाखौं रुपैयाँ खर्च हुँदा पनि उनी आर्थिक रुपमा सुरक्षित हुन पुगेका छन् ।

गत वर्ष मात्रै जीवन बीमा गरेका गन्यापधुरा गा.पा.वडा न. ०२, डडेल्धुरा बस्ने बहादुर सिंह कार्की घरको सिढी बाट चिप्लेर लड्दा टाउकोमा गम्भीर चोट लागि उपचाररत रहेका थिए । कार्कीको टाउकोमा संक्रामक चोट लागेकोले उपचार खर्च बापतको १० लाख रुपैयाँ बापतको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*