चीनमा रहेको १०२ वटा बोईङ ७३७ जहाज ग्राउण्डेड, बोईङ कम्पनीको भविष्य संकटमा

८ चैत्र २०७८, मंगलवार १६:४९

काठमाडौं । सम्भावित इलेक्ट्रिकल डिफल्टका कारण चीनमा बोईङ ७३७–८०० जहाज दुर्घटनाग्रस्त भएपछि यसको भविष्यमाथि दोस्रो पटक प्रश्च चिन्ह उठेको छ । यसअघि बोईङ कम्पनीकै ७३७ म्याक्सका दुई वटा जहाज आकाशमा फ्लापर स्वचालित रुपमा सञ्चालन भई जहाजलाई घोप्ट्याउने समस्याबाट दुर्घटनाग्रस्त बनेपछि विश्वभरका सबै बोईङ म्याक्स ग्राउण्डेड गरिएको थियो ।

अमेरिकी हवाई जहाज निर्माता कम्पनी बोईङ म्याक्समा रहेको उक्त समस्या हल गरिसकेको जनाए पछि पुनः देखिएपछि चीनले सबै बोईङ ७३७ सेरिजका जहाजलाई आजैबाट ग्राउण्डेड गरेको हो । चीनको यस्तो निर्णयसँगै १०२ वटा जहाज उडान प्रतिबन्धमा परेका छन् । हिजो भएको जहाज दुर्घटनासँगै भारतीय हवाई कम्पनीहरुमा रहेका बोईङ ७३७–८०० सेरिजका जहाजहरुमाथि कडा निगरानी राखिएको बीबीसीले जनाएको छ । चीनसँगै विश्वभर नै यो यात्रुहरु बोईङ ७३७ जहाज चढ्न डराउन थालेकाले समस्या झन् झनै गहिरो बन्दै जाने देखिएको छ ।

विश्वभरका पुनर्बीमा कम्पनीहरुले बोईङ म्याक्सको समस्यापछि बोईङ कम्पनीको हवाई बीमा शुल्कमा बृद्धि गरिसकेका छन् । हिजो चीनमा घटेको घटनसँगै बोईङ ७३७ मोडलका जहाजहरुका लागि बीमा शुल्क निकै महंगो हुने निश्चित छ । चाइना इष्टर्न एयरको हिजोको जहाज दुर्घटनामा मात्रै बीमा कम्पनीहरुको १० करोड डलर भन्दा बढि क्षतिपूर्ति तिर्नु पर्ने बोईङ ७३७ का लागि हवाई बीमा अझै महंगो हुनेछ ।

सन् २०१८ मा इण्डोनेसियामा भएको लायन एयर र सन् २०१९ मा इथोपियन एयरलाइन्सको बोईङ ७३७ म्याक्स दुर्घटना उडान भरेको केही समयमा नै भएको थियो । जहाजलाई सही गन्तव्यमा डोर्याउने उपकरण फ्लापर स्वचालित रुपमा सञ्चालन भई जहाजलाई घोप्ट्याउने समस्या बोईङ ७३७ जहाजमा देखिदै आएको थियो । कोरोना महामारी सुरु हुनुअघिसम्म बोईङ म्याक्समा सो समस्या समाधान भएको थिएन । गत वर्षको जुलाईमा बल्ल सबै ग्राउण्डेड जहाजहरुको समस्या समाधान गरेपछि बोईङ म्याक्स पुनः उडानमा छोडिएको थियो ।

अमेरिकी जहाज निर्माता कम्पनी बोईङले म्याक्समा व्यहोरेको समस्या एक वर्ष पनि नपुग्दै दोहोरिएपछि विश्वभर बोईङ जहाज सञ्चालन गर्दै आएका हवाई कम्पनीहरु तनावमा परेका छन् । सन् १९९८ बाट निर्माण सुरु गरिएको बोइङ ७३७ सेरिजका जहाज हालसम्म १० हजार ९२६ वटा निर्माण भइसकेका छन् । सो मध्ये करिब ४५०० वटा जहाज नियमित उडानमा रहेको छ । विश्वभर बोईङ कम्पनीको करिब १६ हजार जहाज रहेका छन् । सो मध्ये करिब सात हजार सञ्चालनमा रहेको जनाइएको छ ।

१८९ जना यात्रु बाहक क्षमता रहेको बोईङ ७३७ जहाज न्यारो बडी सेरिजको जहाजहरु हुन् । एयरबस ए–३२० सँग प्रतिस्पर्धा गरिहेको बोईङ ७३७ जहाजको भविष्य म्याक्स र ८०० सेरिजमा आएको समस्याका कारण चुनौतिपूर्ण बनेको छ । बोईङ कम्पनीले अझै चार हजार १७३ वटा जहाज डेलिभरी दिन बाँकी छ । जहाजमा इलेक्ट्रिकल इररका कारण समस्या देखिएपछि अर्डर रद्द गर्न सक्ने सम्भावना धेरै बढेको छ ।


लगातार समस्या दोहोरिन थालेपछि बोईङ ७३७ जहाज अब यात्रुहरुका लागि समेत अरुचिकर बन्न सक्ने देखिएको छ । चीनमा भएको हिजोको दुर्घटनासँगै बोईङ कम्पनीको भविष्य अन्योल बन्ने देखिएको छ । न्यूयोर्क स्टक एक्सचेन्जमा बोईङको शेयर ३ प्रतिशतले घटेको छ । हालसम्म चीनमा मात्रै ग्राउण्डेड गरिएको बाँकी विश्वमा ग्राउण्डेड हुन बाँकी छ । थप देशहरुमा ग्राउण्डेड भएमा बोईङ कम्पनीको शेयर मूल्यमा भारी गिरावट आउने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*