सन नेपाल लाइफ कलैया उपशाखाद्वारा मृतकको घरैमा पुगेर दावी भुक्तानी

१३ चैत्र २०७८, आईतवार ०७:५३

बीरगन्ज । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बिरगंज शाखा अन्तर्गतको उप शाखा कलैयाले मृतकको नाममा शोकसभा आयोजना गरी चार लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

बारा जिल्लास्थित कलैया १० टोल निलकण्ठवा निवासी अशोक पासवानले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका थिए । उनको केही समयअघि निधन भएको थियो । कम्पनीले हिजो एक शोकसभाकै आयोजना गरेर मृतकका आश्रित परिवारलाई दावी भुक्तानी गरेको हो ।

शोकसभामा स्थानीय वडा अध्यक्ष, स्थानीय प्रहरी तथा सर्वसाधारणको उपस्थितिमा कम्पनीले रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा मृतक अशोक पासवानको फोटो राखेरै शोकसभा आयोजना गरिएको हो । कार्यक्रममा कम्पनीका बीरगंज शाखाको शाखा प्रबन्धक श्रीराम प्रसाद चार लाख ६५ हजार रुपैयाँको चेक बीमितका बुवा सुखाडी पासवानलाई हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा गाउका भद्र भलाद्मी र प्रहरी चौकी मटिअर्वाका प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार झा को उपस्थिति रहेको थियो । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कलैया उप शाखाका प्रमुख प्रकाश कुमार चौरसिया र एजेन्सी म्यानेजर दयासिन्धु कुशवाहा, दिपक साह, श्याम कुमार चौरसिया, संजय बैठा र सुवास कुमार साहको उपस्थिति रहेको थियो । कार्यक्रमका अध्यक्षता शंकर प्रसाद गुप्ताले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*