गुराँस लाइफले ब्यतित बीमालेखको नविकरण गर्दा लाग्ने ब्याजमा छुट दिने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।
सो कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरि व्यतित भएका बीमालेखहरुमा वैशाख ११ गतेदेखि जेठ १० गतेसम्म तोकिएको सबै प्रक्रिया पुरा गरी पुर्नजागरण (नविकरण) गराएमा नविकरण गर्दा लाग्ने ब्याजमा छुट गराउने भएको हो ।
साथै बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखमा ३० प्रतिशत ब्याज मिनाहा गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले सन् २०२२ मा परिपक्क हुने बीमालेखहरुमा यो छुट सुविधा लागू नहुने र यस सुविधा अन्तर्गत एक पटक ब्याज भुक्तानी लिइ सकेका बीमितहरुलाई बीमा अवधिभरी पुनः छुट प्रदान नगरिने जनाएको छ ।














