ताप्लेजुङमा नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ताको क्षमता अभिवृद्धि तालिम सम्पन्न

१५ बैशाख २०७९, बिहीबार ०६:१६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाको आयोजनामा अभिकर्ता भेटघाट,अन्तरक्रिया,सम्मान तथा क्षमता अभिवृद्धि तालिम भव्यताका साथ सम्पन्न भएको छ । ताप्लेजुङको फुङलिङमा आयोजित कार्यक्रममा बीमा अभिकर्ताहरुले तालिम प्राप्त गरी बीमा सचेतना बृद्धिमा योगदान पुगेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले पानसमा बत्ती बालेर समुद्घाटन गर्दै सुरु भएको कार्यक्रममा बीमा अभिकर्ताहरुलाई बजारिकरण, बीमा पोलिसी तथा रणनीतिका सम्बन्धमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध एक सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको सहभागी भएका थिए ।

 


कार्यक्रममा प्रशिक्षण दिँदै बरिष्ठ सहायक महाप्रबन्धक सिंघलले बीमाबाटै देशको समृद्धि, भविष्यमा नागरिकाले सामना गर्नुपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न बचत हुने हुँदा बीमाको बहुआयामिक भूमिका रहने बताए । सकिने बरिष्ठ सहायक महाप्रबन्धक सिंघलले बताए । जीवन बीमा समाजसेवा समेत भएकोले सबैले सकेको सहयोग गरेर बीमा सचेतना फैलाउन आवश्यक रहेको बरिष्ठ सहायक महाप्रबन्धक सिंघलले बताए ।

 

उक्त कार्यक्रममा व्यवसायमा उच्च योगदान पुर्याउने एजेन्सी मेनेजर तथा बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका नेपाल लाइफ इन्स्योरेन्स ताप्लेजुङ शाखाका प्रमुख हिमाल राईले जीवन बीमा आम सर्वसाधारणको जोखिम रक्षावरण र बचत दुवैका लागि महत्वपूर्ण भएकोले विकट गाउँ वस्तीका जनतालाई यस कार्यक्रममा सहभागी गराउन आह्वान गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*