बुटवलमा रिलायन्स साथी कन्फ्रेन्स तथा मोटिभेशन ट्रेनिङ सम्पन्न

१८ बैशाख २०७९, आईतवार ११:०६

काठमाडौं । बीमाकर्मीहरुमा तालिम तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले रिलायन्स लाइफ इन्स्योरेन्सको आयोजनामा बुटबलमा ‘रिलायन्स साथी कन्फरेन्स तथा मोटिभेशनल टे«निङ कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा वुटवल क्षेत्र अन्तर्गत रुपन्देही, पाल्पा, कपिलवस्तु, प्यूठानकासहितका ३०० भन्दा बढि रिलायन्स साथीहरुको सहभागिता रहेको कार्यक्रममा कम्पनी प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलसहितका उच्च व्यवस्थापकहले तालिम तथा उत्प्रेरणा दिँदै हौसला प्रदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले रिलायन्स साथीले कम्पनीको समृद्धि र व्यवसायमा पुर्याएको योगदानप्रति आभार ब्यतm गर्दै आगामी दिनमा अझै दृढ भएर अघि बढ्न हौसला प्रदान गरेको कम्पनीले जनाएको छ ।


रिलायन्स साथीहरुको क्षमता अभिबृद्वि, बीमा बिक्रीकला तथा ब्यतिmत्व बिकासका लागि कार्यक्रम आयोजना गरिएको र यस्ता प्रकारका कार्यक्रमहरु आगामी दिनहरुमा निरन्तर सञ्चालन भइरहने हुँदा बीमा व्यवसायसँगै तालिमहरुमा पनि सहभागी हुन सिईओ पोखरेलले आह्वान गरेका छन् । सिईओ पोखरेलले आगामी दशकभित्र नेपालीहरुको सर्वोकृष्ट रोजाईमा पर्ने कम्पनीको रुपमा रिलायन्स लाईफ इन्स्योरेन्स हुने बताए ।

क्षेत्रीय प्रबन्धक इन्द्र विश्वकर्माको स्वागत मन्तब्य रहेको कार्यक्रममा कम्पनीका एजेन्सी सेल्सहेड सूर्य प्रकाश गुप्ता र सन्दिप कसजुले रिलायन्स साथीहरुका सेवा सुविधा, सेल्स तथा मार्केटिङ सम्वन्धिकलाको विषयमा प्रस्तुतिकरण दिएका थिए । एमडिआरटी बिमल अधिकारी तथा सिनियर एजेन्सी मेनेजर शारदा खनालले बीमा व्यवसायका चुनौति तथा बजारमा खटिँदा भोग्नु परेको अनुभव आदान प्रदान गरेकी थिईन् ।

कार्यक्रम संचालन बुटवल शाखाका प्रमुख प्रेम आर्चायले गरेका थिए । सो कार्यक्रममा बीमा क्षेत्रका चर्चित मोटिभेशनल टे«नर बि. पी. रेग्मीको उत्कृष्ट मोटिभेशनल प्रस्तुती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*