अजोड इन्स्योरेन्सले सवा अर्ब बीमा व्यवसाय गरेर कमायो नौ करोड, प्रतिशेयर आम्दानी बढ्यो

२८ बैशाख २०७९, बुधबार ०८:०७

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण आज प्रकाशन गरेको छ । कम्पनीको वित्तिय विवरणमा ५४.ण्६ प्रतिशतले मुनाफा बृद्धि हुँदा प्रतिशेयर आम्दानी सहितका सूचांकहरुले राम्रो संकेत गरेको छ ।

अजोड इन्स्योरेन्सले चालु आवको नौ महिनाको अधवीमा एक अर्ब २२ करोड ६६ लाख ६४ हजार रुपैयाँ कूल बीमा व्यवसाय गरेर नौ करोड ४१ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आवको तुनालमा ५४.०६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी छ करोड ११ लाख छ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

 

गत आवको तुलनामा कम्पनीको कूल बीमा शुल्क आम्दानी १९.७७ प्रतिशतले बढेको छ । गत आवको नौ महिने अवधीमा एक अर्ब दुई करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोमा यस आवको नौ महिने अवधीमा एक अर्ब २२ करोड नघाएको हो ।

कम्पनीको व्यवसाय बृद्धि हुँदा पुनर्बीमा कमिशन, कूल बीमा शुल्क आम्दानी तथा लगानी तथा कर्जाबाट प्राप्त आम्दानी बृद्धि भएकोले मुनाफा बृद्धि भएको हो । अजोडको आम्दानी ८.१४ प्रतिशतले बृद्धि भई आठ करोडबाट बढेर नौ करोड १८ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको व्यवस्थापन खर्च ३५.२८ प्रतिशतले बृद्धि भई १४ करोड ३१ लाखबाट बढेर १९ करोड ३७ लाख पुगेको छ । कम्पनीको जारी बीमा पोलिसी संख्या ९६ हजार ७४९ रहेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी एक अर्ब पाँच करोड ४२ लाख ७६ हजार रुपैयाँ रहेकोछ ।

चालु आवको नौ महिने अवधीमा कम्पनीको प्रति शेयर आम्दानी १२.५५ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १३१.१८ रुपैयाँ रहेको छ । मुल्य आम्दानी अनुपात ५३.१५ गुणा रहेको छ । प्रतिशेयर कूल सम्पत्तिको मूल्य २२८.३९ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*