तेस्रो त्रैमासमा सानिमा लाइफको फड्को, जीवन बीमा कोष ६२% ले बृद्धि, खुद नाफा ४२ प्रतिशतले बढ्यो

२९ बैशाख २०७९, बिहीबार ०७:४२

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । कम्पनीले यस त्रैमासम्म आईपुग्दा फड्को मार्ने गरी प्रगति गरेको तथ्याङ्कले देखाएको छ ।

सानिमा लाइफल चालु आवको नौ महिनाको अवधीमा जीवन बीमा कोषमा ६२.७८ प्रतिशतले बृद्धि भई एक अर्ब ९२ करोडबाट तीन अर्ब १३ करोड १० लाख ६५ हजार ८८६ रुपैयाँ संचिती गर्न सफल भएको छ । कम्पनीको जगेडा कोष ७८ प्रतिशतले बृद्धि हुँदा महाविपत्ति कोष ७० प्रशितले बृद्धि भएको छ । समग्र कोषको आकार तीन अर्ब ५३ करोड ८२ लाख ७८५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको यसै अवधीको तुलनामा ६४ प्रतिशतले बढि हो ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी २० प्रतिशतले बृद्धि भई एक अर्ब ७४ करोड २७ लाख ३९ हजार ७५३ रुपैयाँ पुगेको छ । कम्पनीको दावी भुक्तानी आठ करोड ५० लाखबाट बृद्धि भई २६ करोड तीन लाख रुपैयाँ पुगेको छ । नयाँ कम्पनीहरुको दावी भुक्तानीमा बृद्धि हुँदा अघिल्लो वर्षको तुलनामा धेरै प्रतिशत देखिन्छ ।

 

कम्पनीले लगानी, बीमालेख धितोमा प्राप्त ब्याज र कर्जा लगानीबाट प्राप्त आम्दानी चमत्कारिक रुपमा बृद्धि गर्न सफल भएको छ । यस्तो आम्दानी ६८ प्रतिशतले बृद्धि भई १६ करोड ३६ लाखबाट बढेर २७ करोड ५७ लाख पुगेको छ । कम्पनीको व्यवस्थापन खर्च ३० प्रतिशतले बृद्धि भएकोछ ।

कम्पनीले आफ्ना अभिकर्तालाई दिने कमिशन १४ प्रतिशतले बृद्धि भई २८ करोड ७२ लाख ९८ हजार ९६७ रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीले २५ करोड १३ लाख रुपैयाँ विरतण गरेको थियो ।

कम्पनीको खुद नाफा समेत ४२.८३ प्रतिशतले बृद्धि भएको छ । गत आवको नौ महिने अवधीमा नौ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको नौ महिनाको अवधीमा १३ करोड ३८ लाख १४ हजार ८३६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या ४८ हजार २७१ वटा रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ८.९२ रुपैयाँ, मूल्यआम्दानी अनुपात ६०.३० गुणा, प्रतिशेयर नेटवर्थ १२०.३६ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २८८.९० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*