तेस्रो त्रैमासमा एशियन लाइफले गर्यो प्रगति, ३० अर्बको जीवन बीमा कोष, आम्दानी र खुद नाफा बढ्यो

२९ बैशाख २०७९, बिहीबार ०८:४०

काठमाडौं । चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीले जीवन बीमा कोषमा उल्लेख्य योगदान गर्दै बीमा व्यवसाय तथा मुनाफा समेत सुधार गर्न सफल भएको छ । बीमा समितिले फ्युचार बोनसका लागि प्रोभजिन गर्न लगाएकै अवस्थामा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा भने घटेको छैन ।

कम्पनीले चालु आवको चैत्र मसान्तसम्ममा ३० अर्ब ९८ करोडको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष गत आवको तुलनामा २१.९० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको समीक्षा अवधीमा कम्पनीको जीवन बीमा कोष २५ अर्बको थियो ।

कम्पनीको जगेडा कोषमा ४२ करोड ८२ लाख रुपैयाँ संचिती गरेको छ भने महाविपत्ति कोषमा ११ करोड ९३ लख रुपैयाँ जम्मा गरेको छ । कम्पनीको समग्र कोषको आकार ३१ अर्ब ५३ करोड ५४ लाख ४३ हजार २५६ रुपैयाँ पुगेको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी ११ प्रतिशतले बृद्धि भई पाँच अर्ब ११ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको समीक्षा अवधीमा जम्मा चार अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको खुद दावी भुक्तानी ६०.६५ प्रतिशतले बृद्धि भई एक अर्ब १६ करोड रुपैयाँ रहेको छ । कम्पनीले कर्जा, लगानी तथा बीमालेख धितो तथा अन्य आम्दानीबाट प्राप्त आय १६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवमा एक अर्ब ७७ करोड आम्दानी गरेकोमा चालु आवको नौ महिने अवधीमा दुई अर्ब छ करोड ५४ लाख ६७ हजार ९९८ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको व्यवस्थापन खर्च समेत घटेको छ । गत आवमा ५१ करोड रुपैयाँ रहेको व्यवस्थापन खर्च घटाएर ४६ करोड ४१ लाखमा झार्न सफल भएको छ । कम्पनीको व्यवस्थापन खर्च घटेको तथा आम्दानी बढेको कारण जीवन बीमा कोषमा थप योगदान गर्न सफल भएको छ । यसबाट आगामी दिनमा कम्पनीको बोनसदर बढ्न सजिलो हुने भएको छ ।

कम्पनीले आफ्नाअभिकर्ताहरुलाई वितरण गर्ने कमिशन १० प्रतिशतले बृद्धि भई ५६ करोडबाट ६२ करोड पुगेको छ । कम्पनीको खुद नाफा १८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको छ । गत आवमा १८ करोड २१ लाख रुपैयाँ थियो ।

कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या नौ प्रतिशतले बढेर चार लाख ५७५ पुगको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९.६६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२१.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८२.२८ गुणा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४१२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*