सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको अधिंकाश सूचकमा सकारात्मक सुधार

२९ बैशाख २०७९, बिहीबार १०:११

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमासम्ममा कम्पनीको खुद बीमाशुल्क र नाफामा आर्जनमा सामान्य सुधार देखिएको छ।

संस्थानको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ७ प्रतिशतले बढेर ७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। गत अािर्थक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस त्रैमासको अवधिसम्ममा कमपनीको खुद नाफा २ प्रतिशतले बढेर ४ करोड ९६ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्नू सफल भएको थियो ।

समिक्षा अवधिमा संस्थानको अभिकर्ता कमीशन ३२ प्रतिशतले घटेर १४ करोड २४ लाख रुपैयाँमा सिमित रहेको छ । संस्थानले यस त्रैमाससम्म्मा जीवन बीमा कोष २० प्रतिशतले बढाएर ३९ अर्ब रुपैयाँ पुराएको छ। गत अािर्थक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३२ अर्ब रुपैयाँ संचिति रहेको थियो ।

यस अवधिसम्ममा संस्थानको खुद दाबी भुक्तानी २२ प्रतिशतले बढेको छ । गत बर्ष २ अर्ब ५४ करोड रुपैयाँ दाबी भुक्तानी दिएको कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३ अर्ब १२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।
त्यस्तै, यस अवधिसम्ममा संस्थानले व्यवस्थापन खर्च २४ प्रतिशत र लगानी कर्जा र अन्य आयमा १० प्रतिशतले बढेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*