प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता सम्पन्न

२९ बैशाख २०७९, बिहीबार १६:३०

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स आपसमा मर्जरमा जाने सम्झौता सम्पन्न भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच तीनवटै जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जाने सम्बन्धमा सम्झौता भएको हो ।

एक साता लामो छलफल पछि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवाल तथा प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष पियुषराज अर्यालले आपसमा मर्जरमा जाने सम्झौता (एमओयु) मा हस्ताक्षर गरेका छन् ।प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सका बिचमा एक आपसमा गाभिएर नयाँ कम्पनी बन्ने छन् ।

जीवन बीमा कम्पनीहरुमा सबैभन्दा अब्बल कम्पनीका रुपमा अघि बढ्ने गरी तीनवटा जीवन बीमा कम्पनी मर्जर सम्झौता भएको एक प्रतिनिधिले बताए । गत साता मात्र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक-आपसमा गाभिने एमओयू गरेका छन् । साथै, प्रिमियर इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स मर्जको लागि तयारी थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*