शिखर इन्स्योरेन्सको कूल बीमा शुल्कमा २२ प्रतिशतले बृद्धि, नौ महिनामा कमायो ३६ करोड मुनाफा

३१ बैशाख २०७९, शनिबार १२:००

काठमाडौं । नेपालको सबैभन्दा ठूलो निर्जिवन बीमा कम्पनीले फेरि पनि आफूलाई उत्कृष्ट कम्पनीको रुपमा प्रस्तुत गर्न सफल भएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा शिखर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा २२.२८ प्रतिशतको फराकिलो विस्तार गर्न सफल भएको छ । गत आवको यसै अवधीमा दुई अर्ब ९६ करोड ५७ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको शिखर इन्स्योरेन्स कम्पनीले चालु आवको समीक्षा अवधीमा तीन अर्ब ६२ करोड ६५ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

अधिकांश निर्जिवन बीमा कम्पनीहरुको लगानी, कर्जा तथा अन्य आम्दानीमा उच्च गिरावट आउँदा शिखर इन्स्योरेन्स कम्पनीको आम्दानीमा २८.७३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको नौ महिने अवधीमा २३ करोड लाख पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जसका कारण शिखर इन्स्योरेन्स कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भई ३६ करोड ७० लाख ८२ हजार ६३९ रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीको मुनाफा बृद्धि हुनुमा लगानीबाट प्राप्त आम्दानी तथा बीमाको व्यवसाय बृद्धि प्रमुख कारण रहेको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ ।

 

शिखर इन्स्योरेन्स कम्पनीको बीमा कोषमा एक खर्ब ४७ करोड ८७ लाख रुपैयाँ संचिती रहेको छ । गत आवमा कम्पनीको बीमा कोषमा एक अर्ब २३ करोड ८९ लाख रुपैयाँ संचिती रहेकोमा १९.३५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको समग्र कोषको आकार २१.३१ प्रतिशतले बृद्धि भई दुई अर्ब ३६ करोड ६६ लाख पुगेको छ । कोष बलियो भएकोले शिखर इन्स्योरेन्स कम्पनीको जोखिम धारण गर्ने क्षमता समेत बृद्धि भएको छ ।

चालु आवको नौ महिने अवधीमा शिखर इन्स्योरेन्स कम्पनीको जारी बीमालेखको संख्या एक लाख ९० हजार ७९९ रहेको छ । गत आवको यसै अवधीमा शिखरसँग जम्मा एक लाख ३१ हजार ६६९ वटा बीमा पोलिसीहरु थिए ।

कम्पनीको कूल बक्यौता दावी भुक्तानी दुई अर्ब ७६ करोड ३३ लाख रहेको छ । गत आवमा यस्तो बक्यौता दुई अर्ब ६० करोड ८८ लाख रुपैयाँ थियो । कूल दावी भुक्तानी पुनर्बीमा कम्पनीबाट समेत भुक्तानी लिई गर्नुपर्ने दावी भुक्तानी हो ।

समीक्षा अवधीमा शिखर इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी २८.२२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २५५.९६ रुपैयाँ रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ४१.४६ गुणा रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३५६.४९ रुपैयाँ रहेको छ । समग्रमा देशकै सबैभन्दा ठूलो निर्जिवन बीमा कम्पनीको वित्तिय अवस्था झनै बलियो बनेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*