अधिंकाश पूराना जीवन बीमा कम्पनीहरुको खुद नाफा घट्यो, कुनको कति ? (तथ्यांक सहित)

२ जेष्ठ २०७९, सोमबार १५:४४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् ।

गत आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ३ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको मुनाफा ६६ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

त्यस्तै ८ जीवन बीमा कम्पनीहरूले चालु आवको तेस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब १४ करोड ८१ लाख ८६ हजार रूपैयाँ खुद नाफा कमाएका छन् ।जुन गत आवको यसै अवधिको तुलनामा कम्पनीहरूको खुद नाफामा २५।६२ प्रतिशतले कम हो ।गत आवको यसै अवधिमा ८ कम्पनीले १ अर्ब ५४ करोड ३६ लाख ३० हजार रूपैयाँ खुद नाफा कमाएका थिए ।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिंकाश पूराना कम्पनीहरुको मुनाफा घटेको छ ।चैत मसान्तसम्ममा नेपाल लाइफको मुनाफा ६१।६० प्रतिशत, प्रभु लाइफको २६ प्रतिशतले, यूनियन लाइफको ६६।९४ प्रतिशत, नेशनल लाइफको २०।७६ प्रतिशत, सूर्या लाइफको ३८ प्रतिशत, प्राइम लाइफको १७ प्रतिशत, एलआईसी नेपालको ९६ प्रतिशत र मेट लाइफको ३० प्रतिशतले घटेको छ ।

तेस्रो त्रैमासको अवधिसम्ममा रिलायन्स लाइफको सबैभन्दा धेरै नाफा बढेको छ। कम्पनीको खुद नाफा यस त्रैमाससम्ममा ८२ प्रतिशतले बढेर १२ करोड ४ लाख रुपैयाँमा कायम भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।

दोस्रोमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा खुद नाफा ७० प्रतिशतले बढाएर २० करोड ६५ लाख रुपैयाँ पुराएको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*